दफा ३७
समन्वय समिति
(१) राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको व्यवस्थापन, कार्यान्वयन एवं तथ्याङ्क भण्डारको पहुँच र उपयोग सम्बन्धमा सम्बन्धित निकायहरू बीच समन्वय कायम गर्न र परिचयपत्र तथा पञ्जीकरण कार्यान्वयन सम्बन्धी आवश्यक कार्य गर्नको लागि देहाय बमोजिमको एक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण समन्वय समिति रहनेछः-

(क) सचिव, मन्त्रालय - अध्यक्ष (ख) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी -सदस्य (ग) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

कार्यालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य (घ) सहसचिव, मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य (ङ) सहसचिव, नेपाल सरकारको अर्थ मन्त्रालय

(सम्बन्धित महाशाखा हेर्ने) - सदस्य (च) सहसचिव, नेपाल सरकारको सङ्घीय मामिला

तथा सामान्य प्रशासन मन्त्रालय (सम्बन्धित

महाशाखा हेर्ने) - सदस्य (छ) सहसचिव, नेपाल सरकारको कानून, न्याय

तथा संसदीय मामिला मन्त्रालय (सम्बन्धित

महाशाखा हेर्ने) - सदस्य (ज) सहसचिव, नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (सम्बन्धित महाशाखा हेर्ने) - सदस्य

(झ) महानिर्देशक, केन्द्रीय तथ्याङ्क विभाग - सदस्य

(ज) महानिर्देशक, सूचना प्रविधि विभाग - सदस्य

(ट) महानिर्देशक -सदस्य-सचिव

(२) समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ। (३) समन्वय समितिको बैठकमा आवश्यकता अनुसार अन्य सरोकारवाला निकायका पदाधिकारीलाई आमन्त्रण गर्न सकिनेछ।